गृहपृष्ठ राजनीति दाहाल–नेपाल समूह भेला : समीकरण तलसम्मै पुर्‍याइने

दाहाल–नेपाल समूह भेला : समीकरण तलसम्मै पुर्‍याइने

काठमाडौं : सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समीकरणलाई तल्लो तहसम्मै लैजाने तयारी गरेका छन्। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरसंघर्ष चर्किएपछि दाहाल र नेपालले आफ्ना कुरा सातै प्रदेशसम्म लैजान थालेका हुन्।

annapurna post

 

उनीहरूले जिल्ला संगठन समितिका सचिवसम्मलाई भेला गराई प्रशिक्षण अभियान चलाउने निष्कर्ष निकालेका छन्। त्यही क्रममा बिहीबार काठमाडौंमा उनीहरूले वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लाका आफूनिकट इन्चार्ज, अध्यक्ष र सचिवसम्मको भेला गरेका छन्। पेरिसडाँडा कोटेश्वरस्थित जनवर्गीय संगठनहरूको सम्र्पक कार्यालयमा भएको भेलामा करिब ५० जना जिल्ला नेता सहभागी थिए। दाहाल र नेपालले झन्डै चार घण्टा पार्टीको विवाद, दुवै अध्यक्षका प्रस्ताव, अबको रणनीतिलगायत विषयमा प्रशिक्षण दिएका थिए। उनीहरूले प्रधानमन्त्री ओलीसँग कुनै पनि प्रकारको सम्झौता नगरिने, अहिलेको अन्तरसंघर्ष वैचारिक राजनीतिक भएको भन्दै यसलाई तल्लो तहसम्मै छलफलमा लैजाने बताएका थिए।

उनीहरूले अब आफूहरूबीच कसैले पनि फाटो ल्याउन नसक्ने बताएका थिए। ओलीले बुधबार दाहालसँगको भेटमा नेपालसँगको समीकरण तोडेर आफूसँग मिल्न प्रस्ताव गरेका थिए। ‘उहाँको काम नै तोड्ने भत्काउने र आफू रजाइँ गर्ने मात्र हो’, दाहाल र नेपालको एउटै स्वर थियो, ‘अब उहाँको यस्तो भ्रमजालमा हामी दुवै नेता छैनौं।’

सम्बन्धित् समाचार