गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगा १ का १२ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश

कपिलवस्तुको बाणगंगा १ का १२ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश

चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिकामा वडा नं. १ का १२ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अन्य पार्टी परित्याग गरी १२ घरपरिवार कांग्रेसमा प्रवेश गरेको कांग्रेस वडा समितिले जनाएको छ ।

वडा समितिद्धारा चार नम्बर जितपुरमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीकाहरुलाई पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले स्वागत गरेका थिए । उनले प्रवेश गर्नेहरुलाई खादा, टिका सहित पार्टी सदस्यता प्रदान गर्दै पार्टीले उच्च मुल्यांकन गर्ने बताए ।

नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नं. १ समिति सभापति मनिराम शर्माको अध्यक्षता, पार्टी जिल्ला सभापति आचार्यको प्रमुख आतिथ्यता, महासमिति सदस्य दुर्गा सेनको विशिष्ट आतिथ्यता, पार्टी क्षेत्रीय सचिव प्रेमनारायण पौडेल, तरुण दल जिल्ला सभापति शक्ति सि. ठकुरी, महिला संघ नेतृ रीता केसी, नगर सह सचिव ईश्वर थापा, तरुणदलका कल्याण टण्डन, नेविसंघका मिन थापा, टोल सभापति कृष्ण चालिसे, वडा सदस्य झलक मल्ल ठकुरी लगायत कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रम नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पाख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार