
पाल्पा : पाल्पामा भीरबाट लडेर आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार पाल्पा तिनाउँ गा।पा।६ मस्याम बस्ने वर्ष ४४ का गणेश विष्टको भिरबाट लडेर मृत्यु भएको हो ।
स्थानीयको खबरपछि प्रहरी पुग्दा उनको मृत्यु भइसकेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।








