
कपिलवस्तु : कपिलवस्तुको तौलिहवामा बिद्यालयको पुहच बढाउन २० बिपन्न किशोरीहरुलाई व्यागसहित शैक्षिक सामाग्री प्रदान गरिएको छ । युएनएफपिएको सहयोगमा नेपाल परिवार नियोजन संघ कपिलवस्तुले सो शैक्षिक सामाग्री प्रदान गरेका हो । १० किशोरी समुहका २० जना बिपन्नलाई स्कुल ब्याग, कपी, कलम क्यालकुलेटर प्रदान गरिएको हो ।
जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरी र संघका प्रबन्धक मोहन बस्यालले किशोरीहरुलाई सो सामागूी संयुक्तहरुपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा उप प्रमुख चौधरीले किशोरीहरुले आफनो पढाईलाई जारी राख्नु पर्ने बताईन ।
बिशेष गरी जिल्लका दक्षिणी भेगका किशोरीहरु बिपन्नता र पारिवारिक कारणले बिच मै बिदालय छाडन बाध्य भएकाले यस बारे ठोस कार्यक्रम आवश्यक रहेको उनले बताईन । ‘ किशोरीहरु सशक्त हुनु पर्छ, बिद्यालयमा जानु पर्छ ’ उनले भनिन ।
सो अवसरमा संघका प्रबन्धक बस्यालले किशोरीहरुको बिदालयमा पहुच बढाउन युनएफपिएको सहयोगमा संघले किशोरी समुहलाई बिभिन्न सहयोग गर्दै आएको बताए । अहिले दक्षिणी भेगका किशोरीहरुको चेतना स्तर बढदै गएकाmेले बिदालयमा जानेको संखया निकै बढेका उनले बताए । शैक्षिकक सामाग्री पाए पछि किशोरीहरु खुशी भएका छन । कार्यक्रम प्रबन्ध बस्याललको अध्यक्षता र सुशमा आचार्यको संचालनमा भएको थियो ।








