गृहपृष्ठ खबर संसद विघटनको कदमविरुद्ध धनगढीमा गोरुगाढा र्‍याली

संसद विघटनको कदमविरुद्ध धनगढीमा गोरुगाढा र्‍याली

धनगढी : नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियुले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमविरुद्ध धनगढीमा आइतबार गाढा र्‍याली निकालेको छ । कैलालीका विभिन्न स्थानबाट मगाईएका गोरु र राँगा गाढाको र्याली निकालिएको हो ।

आफ्नो पार्टीको झण्डा र ब्यानरले सजाएर निकालिएको गोरु र राँगा गाढा र्‍याली धनगढीको मुख्य बजारमा रहेको क्याम्पस रोडदेखि झण्डै दुई किलोमिटर पार्क चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अनेरास्ववियु कैलालीकाअध्यक्ष डम्बर भट्टराईले, ओली नेतृत्वको सरकार गोरुगाढा जस्तै सुस्त रहेकाले यस्तो गरिएको बताए । उनले विगतको तीनवर्षमा सरकारले विकासको गती सुस्त रहेकाले यस्तो गरिएको बताए ।

अनेरास्ववियु कैलालीले आयोजना गरेको उक्तगोरुगाढा र्‍यालीलाई संगठनका केन्द्रीय नेताले सम्बोधन गरेका छन् ।

 

सम्बन्धित् समाचार