
कपिलवस्तु : राष्ट्रिय जनमोर्चा कपिलवस्तुको अगुवा कार्यकर्ता भेला आज वाणगंगामा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै पौडेलले ओलीले आफ्नो पार्टीको निर्णय नमान्दा, हुकुमी शैलीमा असंवैधानिक कदम चाल्दा, देश दुर्घटना तर्फ गएको बताउँदै असंवैधानिक कदम विरुद्ध सयुक्त संघर्षको आवश्यकता जरुरी रहेको बताउनु भएको थियो । राष्ट्रिय जनमोर्चाले गणतन्त्र, धर्म निरपेक्षको निम्ति सरकारलाई समर्थ, असंवैधानिक कदम चालेपछि फिर्ता लिएको बताउनु भयो ।
भेलामा नेकपा मसालका जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रीय सदस्य केर सिंह अदैले पनि बोल्नु भएको थियो । भेलाले माघ महिना भरीको संघर्ष, र संगठन अभियानको घोषणा गरेको छ ।
जसअनुसार पर्चा पम्प्लेट वितरण, माघ, ५ गते देखि १० गते सम्म जिल्ला भरी कोण सभा गर्ने, माघ ११ गते देखि २५ गते सम्म सँगठतमाक अभियान, र माघ ३० गते गोरूसिङ्गेमा र्याली सहित विरोध सभा गरी एक महीने अभियानको समापन गरिने घोषणा गरिएको छ । भेलाको सञ्चालन ऋषि राम पोख्रेलले र स्वागत रामप्रसाद बेल्बासेले गर्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष तथा विघठित प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको प्रमुख आतिथ्यता, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षता मा सम्पन्न भएको थियो ।








