
कपिलवस्तु : नेकपा बुद्धभुमि नगर कमिटिको आयोजनामा केन्दिय कमिटिका सदस्य तथा जिल्ला कमिटिका सदस्यहरूलाई स्वागत कार्यक्रम बुद्धभुमि नगरपालिका १ पत्थरकोटमा सम्पन भयो । नेकपाको महाधिवेशन आयोजक कमिटमा मनोनित भएका केन्द्रिय कमिटका सदस्य र हालै जिल्ला अधिबेशन आयोजक समितिमा मनोनित भएका बुद्धभुमि नगरपालिका भित्र रहेका सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत तथा अविनन्दन गरिएको छ ।

स्वागत कार्यक्रममा केन्द्रीय कमिटिका सदस्य बलराम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरि ताजा जनादेशमा जाने कुरा स्वागत योग्य भएको भन्दै पाटीभित्र घेरावन्दी गरि कामै गर्न नदिए पछि बाध्य भएर विघटन गरेको बताएका छन् ।
यस्तै जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य झविलाल पोखरेलले अव डटेर सरकारले गरेका राम्राकामको जनतासगं जानकारी गराउदै निर्वाचनका लार्गी गाउगाउमा गई निर्वाचनको माहोल बनाउन समेत आग्रह गरे ।
अन्य केन्द्रिय सदस्य डम्वर शर्मा ,कृष्ण पौडेल, बाबुराम खनाल, विश्राम थारु , जन्जिर प्रसाद थारु , अनेरास्ववियुका केन्द्रिय सदस्य विकास आचार्य लगाएतका नेताहरुले पाटीलाई पहिलो नम्बरको पाटी बनाउन सबै एकजुट भएर जनतामाझ जाने प्रतिबद्धता जनाएका थिए ।
स्वागत कार्यक्रमामा नेकपा प्रदेश सल्लाहकार ईन्द्रमणि पौडेल ,प्रवास समिति सदस्य टेकराज पौडेल ,बुद्धभुमि नगरपालिकाका इन्चार्ज पिताम्बर खनाल लगाएतले संवोधन गरेका थिए । कार्यक्रममा नगर अध्यक्ष देवि बेलवासेको अध्यक्षता तथा जिल्ला कमिटि सदस्य नरहरि भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको जिल्ला कमीटीका सदस्य तथा प्रचार बिभाग सदस्य नन्दराम पौडेलले जानकारी दिए ।








