एजेन्सी : कोरोनाविरुद्ध रुसले निर्माण गरेको खोप स्पुटनिकलाई भारतमा आकस्मिक प्रयोगका लािग अनुमति दिइएको छ । भारतको हैदराबादको डा. रेड्डीज ल्याबद्वारा भारतमा निर्माण गरिएको खोपको प्रभावकारिता ९१।६ प्रतिशत रहेको छ ।
स्पुटनिकको खोपमा मोर्डना र फाइजरको तुलनामा बढी प्रभावकारी मानिन्छ । कोरोनाविरुद्धको तेस्रो खोपले भारतमा प्रयोगका लागि अनुमति पाएकोह हो ।
स्पुटनिकले आपतकालीन प्रयोगका लागि १९ फेब्रुअरीमा आवेदन दिएको थियो । यो खोपको अहिले भारतसहित यूएई, भेनेजुयला र बेलारुसमा क्लिनिकल ट्रायलको तेस्रो चरणमा छ ।
२ देखि ८ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न सकिने खोपलाई अन्तर्राष्ट्रिय बजारमा १० डलरमा खरिद गर्न सकिन्छ ।








