नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको सरकारले पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमुनाको जीन सिक्वन्सिङ गरेर हेर्दा ९७ प्रतिशत (३४ वटा) जनामा बी.१.७१२.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.७१२.१ पुष्टि भएको छ ।
मन्त्रालयले नेपालमा तीन प्रकारको भेरियन्ट रहेको पनि जनाएको छ ।









