वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नः ११ देउवापारका बर्ष ७० का पुरुष रहेका छन । उनको होम आइसोलेसनमै मृत्यु भएको वडा नः ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले बताए ।
यो सगै बाणगंगा नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या २३ पुगेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।







