गृहपृष्ठ Featured बाणगंगामा कोरोना नियन्त्रण र पुर्वाधार बिकास निमार्णमा बजेट केन्द्रित हुने ः खनाल

बाणगंगामा कोरोना नियन्त्रण र पुर्वाधार बिकास निमार्णमा बजेट केन्द्रित हुने ः खनाल

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिका अहिले आर्थिक बर्ष २०७८÷७९ को बजेट निमार्णमा केन्द्रित रहेको छ । कोरोनाको महामारीलाई नियन्त्रणका प्रयास जारी राख्दै बाणगंगा नगरपालिका अहिले बजेट कार्यक्रम निमार्णमा ब्यस्त भएको हो ।

आर्थिक बर्ष २०७८÷७९ सालको बजेट कार्यक्रम अन्र्तगत बाणगंगामा पुर्वाधार बिकास निमार्ण र कोरोना नियन्त्रणमा केन्द्रित रहेर बजेट ल्याउने तयारी भएको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।

कोरोनाको महामारीको समयमा नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै यसपाली कोरोना नियन्त्रण रोकथामका लागी प्रदेश र केन्द्र सरकारसगं समन्वय गरी बजेट बढाउने प्रयास भई रहेको खनालले बताए ।
साथै बाणगंगा नगरपालिकामा चौतारीमा बसेर खोप लगाउने प्रथालाई हटाउनका लागी खोपकेन्द्रको निमार्ण गरिने प्रमुख खनालले बताए । नगरभित्रका बिकट क्षेत्रलाई बिकासको मुलद्धारमा ल्याउने प्रयास अहिलेको बजेटले प्राथमिकता दिने उनले बताए ।
वडाहरुसगं योजना माग भई सकेको समेत उनले बताए ।

सम्बन्धित् समाचार