वैखरी अनलाइन
लुम्बिनि प्रदेशको कपिलवस्तुबाट सञ्चालित वैखरी अनलाइन मिडियाको कार्यकारी सम्पादकको शारदा केसिले जिम्मापाएकीछन । बिगत १२ बर्षबाट सक्रिय र निश्पक्ष पत्रकारका रुपमा परिचित केसिले वैखरी अनलाइन मिडियाको कार्यकारी सम्पादकको जिम्मेवारी पाएकी हुन ।
कपिलवस्तु जिल्लालाई कार्य क्षेत्र बनाई काम गरेकी केसि जिल्लामा निश्पक्ष र स्वतन्त्र पत्रकारका रुपमा परिचित छिन ।
कपिलवस्तु जिल्लामा रही बिभिन्न सञ्चार माध्यममा प्रमुखको भुमिका समेत निर्वाह गरेकी केसि वैखरी अनलाइन मिडियाको कार्यकारी सम्पादकको जिम्मेवारी पाएकी हुन । केसिको सहभागिता र साथले वैखरीले थप उचाई हासिल गर्ने प्रधान सम्पादक अशोक पौडेलले बिश्वास लिएका छन ।








