गृहपृष्ठ Featured कपिलवस्तु जिल्लाको शुद्धोधनमा ३३ बर्षीय युवकद्धारा १३ बर्षीय बालिका माथि करणी, युवक फरार

कपिलवस्तु जिल्लाको शुद्धोधनमा ३३ बर्षीय युवकद्धारा १३ बर्षीय बालिका माथि करणी, युवक फरार

वैखरी अनलाइन

कपिलवस्तुको जिल्लाको शुद्धोधन गाउँपालिका १ प्रगतिनगरमा १३ वर्षिया वालिका माथि करणी भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा घट्ना दर्ता भएको छ ।
स्थानिय ‐ मालती थारु (नाम परिर्वतन )एक वालिका माथि बिहिवार छिमेकि ३३ वर्षिया सुनिल कुमार दुबेले घरमै करणी गरेको परिवारले बताएको छ ।

बालिकाले सो युवकको घरमा नेट रहेको र घर छेउको बाटोमा मोवाईल चलाईरहेको बेला दुई जना युवक दुबेलाई खोज्न आएपछी निज बालिकाले बोलाउन दुबेकोे घरमा पुगिन, दुबेले निज दुई जना साथिहरुलाई घर बाहिर भेटेर फर्किसकेपछी वालिकालाई कोठामै बसेर नेट चलाउन भने, उनले बालिकालाई कोठाभित्र समाएर लगे पछि चुक्कल लगाएर करणी गरिसकेपछी २ सय रुपैया दिन्छु कसैलाई नभन भनेपछी पिट्छु, मार्छु भन्दै गाली गर्दै थर्काएको पिडित थारुले बताइन ।

पछि उनले २ सय रुपैया नदिएर १ सय रुपैया दिए , बालिकाले सो रकम छिमेकि अन्टी कहाँ राखिदिन भनिन ।
गरिव परिवारकी ति बालिकाले त्यति धेरै रकम कहाँबाट ल्याएको भनेर छिमेकि अन्टीले सोधीखोजी गरिन सो दिन मालतीले बाटोमा भेटाएको भनेपछी छिमेकि अन्टीले थप सोधखोज गर्न थालिन् अन्य केही नभनी घरतिर लागिन । मालती पुन अन्टी कहाँ पैसा माग्न पुगिन थप सोधखोज गर्न थालेपछी उनले घट्नाको नालिवेलि बताइन् र घट्ना बाहिरिएको स्थानिय एक महिलाले बताईन् ।

घट्ना विहिबारको भएपनी शुक्रवार मात्र थाहा भएपछी जिल्ला प्रहरी कार्यालयमा शनिवार मात्र घट्ना दर्ता भएको परिवारले जनाएको छ । दुबेकी श्रीमती र छोराछोरी माईतिमा गएको मौका पारि उनले बालिकालाई फकाईफुयाई करणी गरेको बताईएको छ । करणीको आरोपित दुबे फरार रहेका छन् । बालिका स्थानिय बिधालयमा कक्षा ३ मा अध्यनरत रहेको र कम बोल्ने र कम बौद्धिक क्षमता कम भएपछी विधालयले आईरन चक्कि खुवाउदै आएको विधालयका शिक्षक विक्रम शाहले बताए । यता प्रहरीले घट्ना दर्ता भैसकेको र आरोपित फरार रहेको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।

सम्बन्धित् समाचार