गृहपृष्ठ खबर ओली ०७५ जेठ २ मा नफर्किए पार्टी बिसर्जन हुने नेपाल समूहका १७ भातृ संगठनको घोषणा

ओली ०७५ जेठ २ मा नफर्किए पार्टी बिसर्जन हुने नेपाल समूहका १७ भातृ संगठनको घोषणा

काठमाडौं : नेकपा (एमाले) माधव नेपाल पक्षका १७ भातृ संगठनले पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थामा नफर्काए पार्टी बिसर्जन हुने घोषणा गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति सार्वजनकि गर्दै अहिलेसम्म आफूहरु एकतावद्ध एमालेकै पक्षमा रहेको भन्दै यस्तो घोषणा गरेका हुन्।

‘हामी चाहन्छौँ, आम नेता तथा कार्यकर्ता चाहन्छन्, एकतावद्ध नेकपा ९एमाले०कै नेतृत्वमा कम्युनिस्ट आन्दोलन सुदृढ बनोस्। हामी चाहन्छौँ, नेकपा एमालेकै नेतृत्वमा नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा होस्। यसका निम्ती पार्टी, जनसंगठन र पेशागत संगठनका साथै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाइयोस्’, विज्ञप्तिमा भनिएको छ, ‘यदि त्यो नगरिए पार्टी र आन्दोलन बिसर्जनको बाटोमा जानसक्छ।’

विज्ञप्तिमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अवैधानिक कार्य गर्दै आएको भन्दै ती सबै खारेजयोग्य भएको दाबी गरेका छन्। विज्ञप्तिमा अध्यक्ष ओलीलाई संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरेका निर्णय सच्याउन भनेका छन्।

‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा ९एमाले० र कम्युनिस्ट आन्दोलन संकटमा परेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकतावद्ध नेकपा ९एमाले० निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं।’

विज्ञप्तिमा माधव नेपाल पक्षको किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा, महिला संघकी अध्यक्ष जयन्ती राई, प्रेस चौतारीका विश्वमणी सुवेदी, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही, नेपाल ट्रड युनियन महासंघका विष्णु लम्साल, नेपाल उत्पीडित जाति समाजका गणेश विक लगायतले हस्ताक्षर गरेका छन्।

सम्बन्धित् समाचार