गृहपृष्ठ खबर आजको मौसम : देशका अधिकांश स्थानमा बदली हुने, केही स्थानमा पानी पर्ने

आजको मौसम : देशका अधिकांश स्थानमा बदली हुने, केही स्थानमा पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश क्षेत्रमा बदली भइ पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ ।

आज राति प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।

भोलि देशका अधिकांश स्थानमा बदली हुने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।

त्यस्तै बुधबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा र केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार