बाजुराको बूढीनन्दा नगरपालिकामा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रूखकी अन्दाजी ३६ वर्षीया मोतीकला लोहार रहेकी छन् ।
गाउँनजिकै रहेको बड्डीगाड खोलामा आएको बाढीले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको स्थानीयले बताए । बेपत्ता लोहारको खोजी कार्य भए पनि अहिलेसम्म नभेटाएको स्थानीयले बताएका छन् ।
बेपत्ता भएकी लोहारका तीन छोराछोरी रहेका छन् । खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।







