सागर वि.क. (वैखरी अनलाइन) : कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख मंगलप्रसाद थारुको अनुमतिमा उपप्रमुख चक्र अर्यालले आज निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

निति तथा कार्यक्रमको पहिलो स्वास्थ्यलाई प्राथमिकता दिईएको उपप्रमुख चक्र अर्यालले बताउनुभयो । त्यस्तै स्वाथ्यपछि शिक्षा, कृषि, पशुपालन, भैतिका पुर्वाधारको निर्माणलाई प्राथमिकता दिएको उहाँको भनाई छ । पिपरामा अस्पताललाई कोभिड अस्पताल बनाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै गौरवको योजनाको रुपमा रहेको चक्रपथ निर्माणको ट्रयाक खोल्न कार्यलाई निरन्तरता दिईने भएको छ । कार्यक्रममा बस पार्कको प्रक्रिया अगाडि बढाईने, डिम्पिङ साईडको कार्यलाई तीब्र गतिमा अगाडि बढाईने उपप्रमुख अर्यालले बताउनुभयो ।

त्यस्तै बुद्धरंगशाला निर्माणको कार्यलाई अगाडि बढाईने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम एक मतले पारित भएको नगरका प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । बजेट भने असार ९ गते प्रस्तुत गरिने छ । बजेड करिव १ अर्व ५० करोडको हाराहारीमा रहने प्रवक्ता पौडेलले बताउनुभयो ।







