दाङ : दाङमा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । घोराही ( तुलसीपुर सडक खण्डअन्तर्गत कपासिबगियामा ट्र्याक्टरले ठक्कर दिँदा घोराही १६ का ४७ वर्षीय खलसिंह विकको ज्यान गएको हो ।
उनको घटनास्थलमै ज्यान गएको थियो ।
ठक्कर दिने रा १ त ३२६९ नम्बरको ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







