हेटौंडा : वाग्मती प्रदेश युवा परिषदको उपाध्यक्षमा सन्तोष चौलागाई नियुक्त भएका छन्। शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन्।
युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको नीति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताए।
मकवानपुरका चौलागाईलाई सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले आज सपथ ग्रहण गराइन्। उनले समग्र युवाको विकासका लागि सक्रियता बढाउने गरि काम गर्न सुझाव दिइन्।
प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तर्वार्ताका लागि छनौट गरेको थियो।







