गृहपृष्ठ खबर कपिलवस्तुमा गोठमा लुकाएर राखेका २ बन्दुक बरामद

कपिलवस्तुमा गोठमा लुकाएर राखेका २ बन्दुक बरामद

सागर वि.क. (वैखरी अनलाइन) : कपिलवस्तुमा प्रहरीले लुकाई छिपाइ राखेको २ ओटा बन्दुक फेला पारेको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ८ लोहरौलाबाट प्रहरीले उक्त बन्दुक फेला पारिएको हो ।

अन्दाजी ३२ बर्षीय अस्लम मुसलमानको घरबाट १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा रहेको फुसले छाएको कच्ची बाख्रा गोठमा हातहरियार लुकाई छिपाई राखेको सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रनि रण बहादुर विष्टको कमाण्डमा खटिईएको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रनानि गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले खानतलासी गर्दा उक्त बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गोठको छानोको खरमुनि बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा बन्दुक २ थानसहित सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अन्दाजी ३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

थप खोत तलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार