गृहपृष्ठ खबर काठमाडौंको निषेधाज्ञा एक साता थप, निजी सवारी साधनमा जोरबिजोर प्रणाली

काठमाडौंको निषेधाज्ञा एक साता थप, निजी सवारी साधनमा जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ। असार १४ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए।

थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजी सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ।

‘निजी सवारी साधनहरूलाई पनि खुल्ला गराइएको छ। त्यसमा सिट सङ्ख्या तोकिएको छ,’ सिडिओ निरौलाले भने।

त्यस्तै सुनचाँदी, भाडाकुडाका पसलहरु समेत तोकिएको वार अनुरुप खोल्न दिने निर्णय भएको छ। सरकारी कार्यालयहरु पनि आलोपालोमा खोल्न दिने निर्णय भएको छ।

सम्बन्धित् समाचार