गृहपृष्ठ खबर रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद : दुई घाइते

रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद : दुई घाइते

रुकुम पश्चिम : रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा दुई जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका-३ खदीमा भएको विवादमा गोपाल विक र राजु विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

सामान बोकेको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद भएको पनि उहाँले जानकारी दिनुभयो ।

झगडा गरेको आरोपमा गोपाल बोहरासहित केहीलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको पनि प्रमुख प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार