गृहपृष्ठ खबर एमालेको अवरोधपछि गण्डकी प्रदेश सभा स्थगित

एमालेको अवरोधपछि गण्डकी प्रदेश सभा स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि गण्डकी प्रदेश सभा दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ ।

कांग्रेस नेतृत्वको प्रदेश सरकारले रातो किताबमा नभएको योजनामा कार्यकर्ता पोस्न १६ करोड विनियोजन गरेको भन्दै त्यसको छानविन गर्न माग गर्दै एमालेले प्रदेश सभा बैठकमा अवरोध गरेको हो ।

गण्डकी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले सभाको सुरुमै छानविन गर्न माग गर्दै विरोध गरे । विपक्षीबाट निरन्तर विरोध भएपछि सभामुख नेत्रनाथ अधिकारीले दिउँसो १ बजेसम्मका लागि सदन स्थगित गरिएको घोषणा गरे ।

गण्डकी प्रदेश सरकारले आजै अघिल्लो सरकार र आगामी योजनाबारे समेटिएको श्वेतपत्रसमेत जारी गरेको छ ।

सम्बन्धित् समाचार