गृहपृष्ठ खबर वेब ब्राउज गर्दा काम लाग्ने २६ शर्टकट की हरू

वेब ब्राउज गर्दा काम लाग्ने २६ शर्टकट की हरू

कम्प्युटर चलाउने मान्छेहरुलाई किबोर्डका शर्टकटहरुको निकै नै आवश्यक पर्दछ । यो जानेको खण्डमा उसको काम छिटो छरितो सँग हुने गर्दछ । सिधा र सजिलो बाटो हुन्छ भने घुमाउरो र लम्बेतान बाटो किन हिँड्नु ? तर, सबैलाई हरेक सिधा र सजिलो बाटो थाहा नहुन सक्छ ।

कम्प्युटर आधुनिक जीवनको अभिन्न अङ्ग बनिसक्यो । यसमा केही यस्ता शर्टकटहरु हुन्छन्, जसलाई पछ्याउँदा हाम्रा कामहरू छिटो र सजिलो हुन सक्छन् । यहाँ हामीले वेब ब्राउजिङ गर्दा प्रयोग हुने केही सटकर्ट कीहरु राखेका छौँ ।

१. CTRL+T: नयाँ ट्याब खोल्न

२. CTRL+W: कुनै ट्याब बन्द गर्न

३. F5: रिफ्रेश गर्न

४. CTRL+P: प्रिन्ट गर्न

५. CTRL+O: कम्प्युटरको फाइल खोल्न

६. CTRL+H: ब्राउजिङ हिस्ट्री हेर्न

७. CTRL+J: ब्राउजरको डाउनलोड हिस्ट्री हेर्न

८. CTRL+D बुकमार्क राख्न

९. CTRL+F: खुलेको पेजमा कुनै शब्द सर्च गर्न

१०. CTRL+: जुम ईन गर्न

११. CTRL-: जुम आउट गर्न

१२. Esc: लोड भइरहेको पेजलाई बिचैमा रोक्न

१३. Alt+Home: ब्राउजरको होम पेजमा जान

१४. Alt+Tab: अर्को विण्डोजमा जान

१५. Alt+D: एड्रेस बारमा जान

१६. CTRL+1 to 8: ब्राउजरमा दायाँदेखि बायाँतर्फ रहेका ट्याबमा जान

१७. CTRL+N: नयाँ विण्डोजमा ब्राउजर खोल्न

१८. CTRL+SHIFT+O: बुकमार्क म्यानेजर खोल्न

१९. CTRL+K or E: गुगल सर्च गर्न

२०. SpaceBar: वेब पेजलाई तलतर्फ स्क्रोल गर्न

२१. Shift+SpaceBar: पेजलाई माथितर्फ स्क्रोल गर्न

२२. Home/Fn+Home: कुनै वेब पेजको सुरुमा जान

२३. End/Fn+Home: कुनै वेब पेजको अन्तिममा जान

२४. Windows+Right Arrow: ब्राउजर वा विण्डोलाई कम्प्युटरको दायाँतर्फ आधा स्क्रिनमा सीमित पार्न

२५. Windows+Left Arrow: ब्राउजर वा विण्डोजलाई स्क्रिनको बायाँतर्फ आधा पार्न

२६. Windows+ Print Screen: स्क्रिनशट लिन

 

सम्बन्धित् समाचार