गृहपृष्ठ खबर माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौँ : माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको उक्त बैठक अझै जारी छ । शनिबार बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सरकारमा पार्टीको सहभागितालगायत विषयमा शुक्रबारको बैठकमा छलफल भएको बताइएको छ ।

माओवादीले शनिबारदेखि केन्द्रीय कमिटी बैठक गर्दैछ। यसअघिको माओवादीको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको विस्तृत सूचीसहित जानकारी केन्द्रीय कमिटी बैठकमा ल्याउन आउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको थियो।

शुक्रबारको बैठकमा सरकारमा पार्टीको सहभागितालगायत विषयमा समीक्षा समेत गरिने भएको छ ।

सम्बन्धित् समाचार