गृहपृष्ठ खबर महन्थ ठाकुरको नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी !

महन्थ ठाकुरको नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी !

काठमाडौं : महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि गरेको प्रस्तावित नाम परिवर्तन गर्ने भएका छन्। निर्वाचन आयोगको सुझाबअनुसार नाम परिवर्तन गर्न लागिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

आयोगले दर्ता भइसकेका पार्टीको नामको अगडि या पछाडि अन्य शब्द थप गरेर नाम नराख्न सुझाएपछि नाम परिवर्तन गरिएको छ। नेता कर्णका अनुसार नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तय भएको हो।

नयाँ नामबारे शुक्रबार नै आयोगलाई जानकारी गराउन लागिएको उनले जानकारी दिए।

सम्बन्धित् समाचार