गृहपृष्ठ खबर लामो समयदेखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु भाद्र १५ देखि खुल्ने

लामो समयदेखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु भाद्र १५ देखि खुल्ने

रुकुम : कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु अन्तत भाद्र १५ देखि खुल्ने भएका छ्न् । सदरमुकाम मुसिकोटमा पालिका स्तरीय प्रमुखहरु र सरोकारवाला निकायसङगको छलफल पश्चात् स्कुलहरु खुल्ने सहमति भएको हो ।

बिद्यार्थिहरुको पठनपाठन ठप्प भएको र शैक्षिक क्षेत्र खस्किन लागेको भन्दै खुल्ने निर्णय भएको हो ।

यसैबीच बुधबार मात्र आठबिसकोट नगरपालिका शिक्षा शाखाले राखेको प्रधानाध्यापकहरुको बैठकले पनि भौतिकरुपमै उपस्थिति भएर पठनपाठन गर्ने निर्णय गरेको छ ।

अरु सबै क्षेत्र निर्वाध खुलेको र स्कुल मात्र बन्द गर्दा विद्यार्थिहरुको भबिस्य अन्यौलग्रस्त हुदा छिट्टै स्कुल संचालन गर्नु परेको आठबिसकोट नगरपालिकाका बिद्यालय निरिक्षक ईन्द्र बहादुर बिष्टले बताउनुभयो ।

सम्बन्धित् समाचार