तालिबानले अफगानिस्तानमा भावी सरकारका लागि कार्यवाहक मन्त्रीहरुको घोषणा गरेको छ। तालिबानले हाललाई १६ सदस्यीय केयर टेकेर मन्त्रिपरिषद्को मात्रै घोषणा गरेको हो।
तालिबान सरकारको प्रमुखमा मुल्लाह हस्सान अखुन्द रहेका छन् भने पहिलो उपप्रमुखमा मुल्लाह बरादर र दोस्रो उपप्रमुखमा मलवी हन्नाफी रहेका छन्।
त्यस्तै, कार्यवाहक रक्षामन्त्रीमा मुल्लाह याकोब र कार्यवाहक आन्तरिक मामिलामन्त्रीमा सेराजुद्दिन हक्कानी रहेका छन्।
यसैगरी, कार्यवाहक विदेश मन्त्रीमा आमिर खान मुत्ताकी, कार्यवाहक वित्तीय मन्त्रीमा मुल्लाह हेदायतुल्लाह बद्री, कार्यवाहक शिक्षा मन्त्रीमा शेख मलवी नूरुल्लाह र कार्यवाहक सूचना तथा संस्कृति मन्त्रीमा मुल्लाह खैरुल्लाह खैरखाह रहेको छ।
यस्तै, कार्यकारी अर्थव्यवस्थामन्त्रीमा कारी दीन हनीफ, हज तथा धार्मिक मामिलाका लागि कार्यवाहक मन्त्रीमा मलवी नूर मोहम्मद साकिब, कार्यवाहक कानुनमन्त्रीमा माल्वी अब्दुल हाकीम शरी र कार्यवाहक सीमा तथा जनजाति मामिलामन्त्रीमा मुल्लाह नूरुल्लाह नूरी रहेको छन्।
त्यस्तै, कार्यवाहक ग्रामीण पुनर्वास तथा विकास मन्त्रीमा मुल्लाह मोहम्मद युनुस अखुण्डजादा, कार्यवाहक सार्वजनिक कार्य मन्त्रीमा मुल्लाह अब्दुल मनन ओमारी र कार्यवाहक खानी तथा पेट्रोलियम मन्त्रीमा मुल्लाह मोहम्मद ईसा अखुन्द रहेका छन्।










