गृहपृष्ठ खबर बाणगङ्गा- ८ चप्परगाउँस्थित युनाइटेड स्टुडेन्ट एकाडेमी भोलिदेखि भौतिक रुपमै संचालन हुने

बाणगङ्गा- ८ चप्परगाउँस्थित युनाइटेड स्टुडेन्ट एकाडेमी भोलिदेखि भौतिक रुपमै संचालन हुने

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नं.८ चप्परगाउँस्थित युनाइटेड स्टुडेन्ट एकाडेमी भोलिदेखि भौतिक रुपमै संचालन हुने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अत्यन्तै व्यवस्थित ढंग संचालन गर्न लागिएको हो । जिल्लामा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको र सरोकारवालासंग गरिएको छलफल अनुसार नै भौतिक उपस्थितिमै कक्षाहरु संचालन गर्न लागिएको प्राचार्य कृष्ण के.सी.ले बताउनुभयो ।

५५० बिद्यार्थी रहेको उक्त बिधालयमा बिज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र आकर्षक गार्डन तथा मनोरम वातारण रहेको छ । पछिल्लो पटक विद्यार्थीहरुको आकर्षकको रुपमा रहेको उक्त विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्यामा उल्लेख रुपमा वृद्धि भएको विद्यालय प्रशासनले जनाएको छ ।

प्राचार्य कृष्ण के.सि. उक्त बिधालयमा आएसंगै १५० जना बिद्यार्थी थपिएका छन् ।

सम्बन्धित् समाचार