गृहपृष्ठ Featured एमाले बाणगंगाको नगर अध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा

एमाले बाणगंगाको नगर अध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा

वैखरी अनलाईन : नेकपा (एमाले) बाणगंगा नगर कमिटी सचिवालय सदस्य विष्णु पौडेलले एमाले बाणगंगाको नगर अध्यक्षमा उम्मेदारी घोषणा गर्नुभएको छ । पौडेलले नेकपा एमालेको देशभर हुन लागेको पालिका अधिवेशनका क्रममा हुने नगर अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले पार्टीलाई एकीकृत गर्दै नगरमा एमालको सङ्गठन मजबुद बनाउन अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिनुभयो । पौडेल २०७४ सालको निर्वाचनमा बाणगंगा नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

पौडेलसंग नेकपा एमालेमा आवद्ध भई विभिन्न पदमा रहेर काम गरेको राम्रो अनुभव छ । पौडेल यस अघि नेकपा एमाले बाणगंगा नगर कमिटी अध्यक्षकै उम्मेदार समेत रहनुभएको थियो । २०७३ सालको नगर अधिवेशनमा पौडेलले आफ्ना प्रतिद्वन्दी सूर्य पाण्डेसंग बराबर ९०–९० मत प्राप्त गर्नुभएको थियो । पछि गोला प्रथा गर्दा पौडेल पाण्डेसंग पराजित हुनुभएको हो । यस हिसाबले पनि स्वभाविक ढङ्गले आफु नगर अध्यक्षको उम्मेदवार रहेको पौडेलले बताउनुभयो । वडा नम्बर २ का वडाध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका पौडेल पनि विद्यार्थी जीवनबाट राजनितीमा होमिनुभएको हो । पौडेल २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ गुल्मीको इलाका कमिटी सदस्य हुनुहुन्थ्यो ।

२०५४ सालमा अनेरास्ववियु कपिलवस्तुको उपाध्यक्ष बन्नु भएका पौडेल २०५१ सालदेखि ५६ साल सम्म नेकपा एमाले बाणगंगा गाउँ कमिटी सचिव भएर काम गर्नुभएको थियो भने युवा संघ नेपाल लुम्बिनी अञ्चल कमिटी सदस्य रहनुभएको थियो । नेकपा एमाले बाणगंगा गाउँ कमिटी अध्यक्ष भएर ४ कार्यकाल सम्हाली सक्नुभएका पौडेलले विगतको आफ्नो अनुभव र अहिलेको चाहना अनुरुप आफु नगरको नेतृत्व लिन सक्षम रहेको पनि दाबी गर्नुभएको छ । पार्टीमा आफुले गरेको योगदानको मुल्याङकन हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।  पौडेलले आफ्नो नेतृत्वमा नगर कमिटी सर्वसम्मत हुने भन्दै यदि यसो हुन नसकेमा निर्वाचन हुने प्रष्ट पार्नुभयो ।

नेकपा एमालेले भोलि (मंगलबार) देशभर पालिका अधिवेशन सम्पन्न गर्दै छ । आगामी दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत यहि कार्तिक ६ गते एमालेले देशभर वडा अधिवेशन सम्पन्न गरेको थियो ।

मंगलबार देशभर पालिका अधिवेशन हुँदैछ । एमालेको दशौं महाधिवेशन अन्तर्गत हुने पालिका अधिवेशनका लागि कपिलवस्तुका नगर तथा गाउँपालिकाहरुको नेतृत्व लिने आकांक्षीले उम्मेदवारी घोषणा गर्न लागेका छन् ।

सम्बन्धित् समाचार