कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक एकदिने सार्वजनिक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रम कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोगमा भएको थियो ।
कार्यक्रम कृष्णनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, शान्ति पुनर्स्थापना गृह कपिलवस्तुका संयोजक निशु पन्थीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मानव बेचविखन तथा ओसारपोसार के हो ? महिला तथा बाल बालिकाहरू माथी हुने मुख्य जोखिमहरू, मानव बेचविखनका कारण लगायतका विषयमा छलफल भएको छ । यस्तै मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूलाई समस्या पर्दा सहयोग गर्ने निकायहरू लगायतका बिषयमा समेत विस्तृत छलफल गरिएको छ । कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य राख्दै कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्यायले मानव बेचबिखन समाजमा प्रमुख समस्याको रुपमा रहेको भन्दै यसको न्युनीकरणका लागी सबैले थप भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो सम्मान परियोजनाका फिल्ड संयोजक लालबाबु कुशहवा तथा माइती नेपाल कार्यक्रमका संयोजक माया क्षेत्रीले समाजमा रहेका पिडितहरुको उद्धार तथा संरक्षणका लागी नगरले विशेष योजना बनाई अगाडि बढन् पर्ने सुझाव दिनुभयो ।
कार्यक्रमको व्यवस्थापनको भुमिका हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभएको थियो ।








