गृहपृष्ठ Featured निमोनिया भएपछि मन्त्री झाँक्री वीर अस्पताल भर्ना

निमोनिया भएपछि मन्त्री झाँक्री वीर अस्पताल भर्ना

काठमाडौँ : सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।

‘सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन,’ सहयोगी तामाङले भने, ‘हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।’

मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको तामाङले बताए ।

सम्बन्धित् समाचार