दाङ : आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले प्युठानमा एउटै पसलबाट झन्डै २० लाख मूल्य बराबरको कर छलीको सुर्ती बरामद गरेको छ । प्युठानको सारीबाङमा नारायण पौडेलको पसलबाट कात्तिक ९ गते साढे ७१ बोरा स्टिकर बिनाको कर छलीको सुर्ती बरामद गरी आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा ल्याइएको कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।
सुर्ती उत्पादन गरेर बिक्रीका लागि बजार पठाउनुभन्दा पहिले नै आन्तरिक राजश्व कार्यालयले राजश्व असुलउपर गरेको छ भने त्यसमा स्टिकर टाँसिएको हुन्छ।
तर, पौडेलको गोदामबाट बरामद साढे ७१ बोरा बजरंगी नामक सुर्ती कुनैमा पनि त्यस्तो स्टिकर फेला नपरेको हुँदा नियन्त्रणमा लिनु परेको कार्यालय प्रमुख कोइरालाले बताए ।








