कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकाले च्याउको विउ वितरण सुरु गरेको छ । नगरपालिकालाई तरकारी तथा फलफुलमा आत्मनिर्भर गराउने योजनाका साथ अघि बढेको बाणगंगाले ७५ प्रतिशतसम्मको च्याउको विउ वितरण सुरु गरेको हो ।
नगरले कार्यालयबाटै च्याउको वितरण गरिरहेको कृषि शाखा प्रमुख लेस बहादुर केसीले जानकारी दिनुभयो । च्याउ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मंगल प्रसाद थारुले च्याउ खेती गरेर आत्मनिर्भर बन्न किसानलाई आग्रह गर्दै नगर कृषकलाई प्रोत्साहन गर्नका लागी सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ । नगरप्रमुख थारुले आफु पनि कृषकको छोरो भएको बताउँदै नगरको ध्यान कृषकहरुको जीवन स्तर सुधारमा केन्द्रित हुने बताउनुभयो । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले किसानहरुलाई आफ्नो लगानी सुरक्षित गर्न कृषि विमा गर्न सुझाव दिनुभयो ।
कृषी शाखा प्रमुख केसीले पहिलो दिन २२ वटा कृषि समूह तथा कृषकहरुले ७ हजार पोका च्याउको विउ लगेको जानकारी भयो ।








