भैरहवा : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणाममा पटका बरामद गरी नष्ट गरेको छ। जिल्लाका विभिन्न नाका हुँदै भारतबाट मुलुकमा भित्र्याइएका करिब ७ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर बरामद पटका पानीमा डुबाएर निष्कृय गरी खाल्डोमा नष्ट गरेको छ। अघिल्लो हप्ता पनि करिब तीन लाख मूल्यका पटका बरामद गरी नष्ट गरिएको थियो।
उनका अनुसार विभिन्न क्षेत्रमा रहेका प्रहरी इकाइहरुले आइतबार पटाका बरामद गरेका थिए। जिल्ला प्रहरीले १ लाख १६ हजार, प्रहरी चौकी मेउडिहवाले १ लाख ४५ हजार ५ सय, प्रहरी चौकी मैनिहवाले ९१ हजार, इलाका प्रहरी मंगलापुरले ८३ हजार ४ सय १६, इलाका प्रहरी लुम्बिनी र मातहतले ८१ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ।
यस्तै, इलाका प्रहरी बेलहियाले ३५ हजार, इप्रका मर्चवारले २२ हजार पाँच सय, खैरेनीले २१ हजार, गुलरिया चौकीले १० हजार, कालीदहले १४ हजार र मर्यादपुरले ५० हजारको पटका बरामद गरेको प्रहरीले जनाएको छ।








