काठमाडौँ : नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३० सिटको जेटस्ट्रिम जहाजद्वारा सोमबारबाट सिमराको लागि नियमित हवाई उडान सुरु गरेको छ ।
आफ्ना दुईवटा अमेरिकी बीचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेटस्ट्रिम सहित कूल सात वटा विमानबाट उडान गर्ने क्रममा गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा , तुम्लिङटार, भैरहवा, नेपालगन्ज र विराटनगरमा नियमित उडान गर्दै आएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाका अनुसार सुर्खेत र भद्रपुरमा पनि चाँडै नै उडान भर्ने गरि तयारी भइरहेको बताए ।








