गृहपृष्ठ Featured १० भैँसी कपिलवस्तु प्रहरीको नियन्त्रणमा

१० भैँसी कपिलवस्तु प्रहरीको नियन्त्रणमा

कपिलवस्तु : कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ । करिब तीन लाख मूल्यका ती भैँसीको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी लबनीको गस्ती टेलीले नियन्त्रणमा लिएको हो ।

कपिलबस्तुको शुद्धोधन गाउँपालिका(३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

भैँसी ओसारपसारमा संलग्नहरू भने प्रहरी देखेपछि फरार भएका थिए । भैँसी सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

सम्बन्धित् समाचार