गृहपृष्ठ Featured पश्चिम नवलपरासीको सुस्तामा भारतीय एसएसविको अनधिकृत नापजाँच

पश्चिम नवलपरासीको सुस्तामा भारतीय एसएसविको अनधिकृत नापजाँच

नवलपारसी : पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसविले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरेका छन् ।

नेपाल भारत दुवै देशले विवादित भूमि मानेको सुस्ताको विवादित स्थानबाट आइतबार भारतीय सुरक्षा बल एसएसविको एउटा टुकडी अनाधिकृत रुपमा नेपाली भूमिमा हतियारसहित प्रवेश गरी नेपाली भूमिको नापजाँच गरेको सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताउनुभयो ।

भारतीय सुरक्षाकर्मी एसएसबीको एउटा टोली अनाधिकृत रुपमा नेपाली भूमिमा प्रवेश गरेर नेपाल तर्फको सुस्ताको भूभाग फित्ताले नापजाँच गरेको र नेपाली भूमिबाट भारतीय सुरक्षा फौजले ड्रोन समेत उडाएको सुस्ताका स्थानीयवासी कैलन हरिजनले बताउनुभयो ।

करिब १२ जनाको टुकडीले झोलुङगे पुलदेखि करिब १५० मिटरको दुरीमा आई नेपाली भूमिको नापजाँच गरेका थिए । यो घटनाको जानकारी स्थानीयवासीले सुस्तास्थित सुरक्षा पोष्टमा गराइएको थियो ।

स्थानीयवासीले तत्काल नेपाली सुरक्षा कर्मीलाई सूचना गरेपछि माथिल्लो निकायमा सूचना दिने भन्दै अलमल गरेर पछि त्यहाँ पुग्दा भारतीय एसएसवी त्यहाँबाट गैसकेको थिए ।

सम्बन्धित् समाचार