कपिलवस्तु : नेकपा (एमाले) को मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुने दशौ राष्ट्रिय महाधिवेशनका लागि कपिलवस्तुबाट १९ जना प्रतिनिधी सर्वसम्मत चयन भएका छन् ।
सर्वसम्मत चयन हुनेहरुमा कपिलवस्तु क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष झविलाल पोख्रेल, लुम्बिनी प्रदेश सभा सदस्य एवम् युवा नेता विष्णु पंथी, नेताहरु डम्मर शर्मा, विश्राम प्रसाद थारु, घरबरन यादव, विश्व कार्की महिला तर्फ प्रभा पौडेल र शान्ता पाण्डे, रहनु भएको छ । त्यस्तै क्षेत्र नं. २ बाट टेकराज पौडेल, आजाज अहमद दर्जी, बाबुराम खनाल महिला तर्फ लक्ष्मी न्यौपाने चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै क्षेत्र नं.३ बाट मोहम्मद मुस्तफा, उपेन्द्र खनाल, टोपलाल पोख्रेल महिला तर्फ कमला भुसाल निर्वाचित हुुनुभएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ । त्यस्तै दलित तर्फ शान्तिदेवी चमार र सवि गहतराज निर्वाचित भएको एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले बताउनु भयो ।








