काठमाडौं : कोरोना महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सुरु हुने भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरियाको मानव संसाधन विभाग ९एचआरडी०सँग कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः पठाउनका लागि कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको हो।
विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार मंसिर ६ गतेदेखि ८ गतेसम्म परीक्षाको फारम वितरण र दर्ता गरिने छ।








