बुटवल : रोल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको सो जिप आइतबार बिहान ११ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।
यस्तै सो घटनामा तीनजना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरिक्षक नरेशराज सुवेदीका अनुसार घाइतेलाई उद्दार गरि स्मृती हस्पितल घर्तिगाउँमा प्राथमिक उपचार गरिएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।








