गृहपृष्ठ Featured कपिलवस्तुमा बन्दको प्रभाव : बजार पूर्ण रूपमा बन्द जस्तै

कपिलवस्तुमा बन्दको प्रभाव : बजार पूर्ण रूपमा बन्द जस्तै

सागर वि.क. (वैखरी अनलाईन) : विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आव्हान गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पूर्ण रूपमा परेको छ । पेट्रोलिमय पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धिको विरोधमा नेकपाले गरेको नेपाल बन्दका कारण कपिलवस्तुका बजार क्षेत्र केही खुले पनि मानिसको आवागमन न्युन छ । यता बाणगंगाको चारनम्बर बजार क्षेत्र पूर्ण रुपमा बन्द जस्तै छन् ।

लामो तथा छोटो दूरीका यातयातका साधनहरू ठप्प भएका छन् ।

मात्र छिट्फुट मात्रामा साईकल, मोटरसाईकल, स्कुटर चलेका छन् । यातायातका साधन ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । विहान मात्र बन्द गराउने १६ जना कार्यकर्ता पक्राउ परेका छन् । बन्दको प्रभाव शैक्षिक संघ संस्था तथा वित्तिय क्षेत्रमा समेत देखिएको छ ।

प्रहरीले बन्दलाई लक्षित गरी बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । कपिलवस्तु जिल्लाको ठाउँ–ठाउँमा शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार