गृहपृष्ठ Featured थपिए ३७७ कोरोना संक्रमित, ७९ हजार बढीले लगाए खोप

थपिए ३७७ कोरोना संक्रमित, ७९ हजार बढीले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको कोभिड १९ परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको छ। यस्तै, १७० जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ४७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण ११ हजार ४८२ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ हजार ५६९ जनालाई कोभिड १९ विरुद्ध खोप लगाएका छन्।

सम्बन्धित् समाचार