गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु क्षेत्र नं.२ महाधिवेशन प्रतिनिधि(दलिततर्फ) सुनारको उम्मेद्वारी घोषणा

कांग्रेस कपिलवस्तु क्षेत्र नं.२ महाधिवेशन प्रतिनिधि(दलिततर्फ) सुनारको उम्मेद्वारी घोषणा

वैखरी अनलाईन : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तु क्षेत्र नं.२ महाधिवेशन प्रतिनिधि(दलिततर्फ) माला गोतामे सुनारले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस पार्टीलाई जिल्लामा थप स्थापित गर्दै मजबुद बनाउन तथा पार्टीमा दलित महिलाको प्रतिनिधित्व गर्न आफु सक्षम रहेकाले आफ्नो उम्मेद्वारी भएको सुनारले बताईन् ।

आफु कपिलवस्तु क्षेत्र नं.२ महाधिवेशन प्रतिनिधि(दलिततर्फ) को उम्मेद्वार हुनु स्भाविक रहेको भन्दै उनले सबैले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । ‘म महाधिवेशन प्रतिनिधि (दलिततर्फ) को उम्मेद्वार हुनु स्भाविक हो, मलाई विश्वास छ सबै नेता कार्यकर्ताको साथ सहयोग रहन्छ भन्नेमा म विश्वस्त छु ’ उनले भनिन ।

सुनार नेपाली राजनितिमा कांग्रेस पार्टीमा आवद्ध भई एक दशक बढीदेखि संक्रिय रहदैं आएकी छिन् ।

सम्बन्धित् समाचार