गृहपृष्ठ Featured पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकीले पुनः सिफारिस गर्ने

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकीले पुनः सिफारिस गर्ने

गण्डकी प्रदेश सरकारले प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई पुनः सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले जानकारी दिए।

पोखरालाई सबै हिसाबले देशकै पर्यटकीय राजधानी घोषणा गर्न उपयुक्त रहेकाले केन्द्र सरकारलाई पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णय गरिएको उनले बताए।

‘मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। यहाँका पर्यटन व्यवसायीहरूको माग र सबै हिसाबले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न उपयुक्त आधार रहेकाले हामीले केन्द्र सरकारसमक्ष पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘यसका लागि सबै आधार तयार गर्न पर्यटन मन्त्रालयलाई जिम्मेवारीसमेत दिइएको छ।’

सम्बन्धित् समाचार