गृहपृष्ठ Featured गुल्मी र पाल्पामा दुई जना मृत अवस्थामा भेटिए

गुल्मी र पाल्पामा दुई जना मृत अवस्थामा भेटिए

पाल्पा : गुल्मी र पाल्पामा दुईजना मृत फेला परेका छन् । गुल्मीको सदरमुकाम नजिकैको भिरमा एक वृद्धको शव फेला परेको हो । गुल्मीको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा बस्ने ६२ बर्षीय थानेश्वर सारुको शव फेला परेको हो । उनी गुल्मीकै इस्मा गाउँपालिका–२ ताल्तुङ्गका स्थानीयवासी हुन् ।

त्यस्तै पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो ।

उनको शव घरदेखि ७ किलोमिटर दूरीमा पर्ने सर्दीखोलामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार