वैखरी अनलाईन : नेपाल तरुण दल कपिलवस्तु क्षेत्र नं.१ का सभापति तिलक थापाले आसन्न नेपाली कांग्रेसको केन्द्रिय महाधिवशेन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन् । विगत लामो समयदेखि कांग्रेसको सक्रिय राजनिति तथा सामाजिक सेवामा लागेका थापाले महाधिवेशन प्रतिनिधि(जनजातितर्फ) उम्मेद्वारी घोषणा गरेका हुन् ।
विपतको समयमा विपन्न परिवार, आग्लागी तथा वाढि पिडित परिवारलाई निरन्तर सहयोग गर्दै थापा छुट्टै पहिचान बनाउन सफल भएका छन् । पार्टीको सच्च, बफादार कार्यकता रहेको बताउदैं उनले आफुलाई महाधिवेशन प्रतिनिधिमा जिताउनका लागी सहयोग गर्न क्षेत्रिय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
अखिल नेपाल फुटबल संघ कपिलवस्तुका अध्यक्ष समेत रहेका थापाले दर्जनौं संघसंस्थामा आवद्ध भई कार्यसम्पादन गरिसकेका छन् । साथै आफुले पार्टीको लागी सिपाही भएर काम गर्दै आएकाले आफुले चुनाव जित्ने विश्वास व्यक्त गरे ।








