गृहपृष्ठ Featured बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मेलम्ची : सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ गइरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल ठक्कर दिँदा नुवाकोटका बासु बस्नेतको मृत्यु भएको छ। सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक बस्नेतको मृत्यु भएको मेलम्ची नगरपालिकाका स्थानीय राज चालिसेले जानकारी दिए।

बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन्। मृतक बस्नेत मेलम्चीमा रहेको मेरो माइक्रो फाइनाइन्सका कर्मचारी हुन्।

सम्बन्धित् समाचार