गृहपृष्ठ Featured बुल्गेरियामा बस दुर्घटना र आगलागीमा १२ बालबालिकासहित ४५ को मृत्यु

बुल्गेरियामा बस दुर्घटना र आगलागीमा १२ बालबालिकासहित ४५ को मृत्यु

बुल्गेरियामा बस दुर्घटना र आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बुल्गेरियाको राजधानी सोफियाको दक्षिण–पश्चिमस्थित बोस्नेक गाउँमा सो दुर्घटना भएको हो ।

दुर्घटना भएको बस म्यासेडोनियामा दर्ता भएको र बसमा सवार यात्रु सोही देशका हुनसक्ने बीबीसीमा समाचार छ । दुर्घटनाको बारेमा स्थानीय सरकारले छानविन सुरु गरेको छ ।

बसमा आगो कसरी लागेको हो भन्नेबारे बुल्गेरियाको आन्तरिक मन्त्रालयले समेत छानविन सुरु गरेको छ। अधिकारीले आगो लाग्नुअघि बस राजमार्गमा ठोक्किएको हुनसक्ने बताएका छ ।

मृतक अधिकांशको शव जलेको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। म्यासेडोनियाका प्रधानमन्त्रीले बुल्गेरियाका समकक्षीसँग घटनाका बारेमा टेलिफोनमा कुराकानी गरेका छन्।

सम्बन्धित् समाचार