शत्रुघन खरविन्द (कपिलवस्तु) : मायादेबी गाउँपालिका भित्रका गरिब बिपन्न ,अपाङ्गता भएका , एकल महिला तथा गरिब गर्भावती महिलाहरुलाई सनशाईन सामाजिक बिकास संस्थाले राहत बितरण गर्ने कार्य शुरु गरेको छ । यूनाईटेड मिशन टु नेपालको सहकार्यमा सनशाईन सामाजिक बिकास संस्थाले पालिकाभित्रका ८ वटै वाडाका करिब १ सय जनालाई राहत बितरण गर्न लागिएको कार्यक्रम संयोजक राजेन्द्र कुमार चौधरी ले बताउनु भएको छ ।
कोरोना महामारी बाट प्रभाबित समूदायको आर्थिक अवस्था पुर्नस्थापन कार्यक्रम अन्तरगत उक्त राहत बितरण कार्य भईरहेको छ । आज मायादेबी गाउँपालिका वार्ड नं. १ का कोरोना बाट प्रभावित अतिबिपन्न १८ घर परिवारलाई राहत बितरण गरिएको हो । वार्ड नं. १ पकडीका वाडा सचिव शिव प्रकाश बर्माले लक्षित ब्यक्तिहरुलाई राहत बितरण गर्नु भएको हो ।
संस्थाले राहत स्वरुप ७ किलो चामल , १ क्यारेट अण्डा , २ लिटर खाने तेल ,१ किलो राजमा , डेढ किलो चना , ३ किलो नून बितरण गरिएको कुरा बताईएको छ ।








